23.1 C
Kathmandu
 

हल्का वर्षामा पनि पहिरो जान सक्ने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं, १२ साउन । आज, भोलि र पर्सिसम्म मनसुन कम सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापिय रेखा तराई भू–भाग भन्दा दक्षिण तिर सर्दै गएकोले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको हो ।

मौसमविद् विभुति पोखरेलले दिएको जानकारीअनुसार हाल देशभर सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहि देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।। भोली दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने र राति देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसूनको समयमा दिनहुँ वर्षा हुँदा पहाडी भू भागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर