24.1 C
Kathmandu
 

आयोजकको लापरवाहीले नेपाल लज्जित, उपविजेताको पदक फिर्ता

आईसीसी टी–२० विश्वकप छनोटको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएर नेपाल ग्लोबल क्वालिफायरमा पुगेन । सिंगापुर र नेपालबीचको खेल नै यो प्रतियोगिताको अन्तिम खेल थियो । नेपाललाई जित्नै पर्ने दबाब रहेको खेलमा सिंगापुर विजयी हुँदै ग्लोबल क्वालिफायरमा पुग्यो ।

प्रतियोगिता सकिएपछि समापन समारोहमा नेपालले अर्को लज्जा बोध गर्नु पर्‍यो । सिंगापुर क्रिकेट एसोसियसनले नेपाललाई उपविजेताको पदक लगाइदिसकेपछि कतारका पदाधिकारीले विरोध गरेका छन् ।

नेपाली टिमका सदस्यलाई पनि नेपाल के भयो भन्ने जानकारी थिएन । यो जानकारी आयोजकले नराख्दा सानो विवाद समेत भयो ।

रन रेटमा नेपालभन्दा कतार अघि रहेको अवस्थामा किन नेपाललाई उपविजेताको पदक दिइयो भन्ने प्रश्न गरेपछि आयोजक पनि झसङ्गै भयो । त्यसपछि कतारलाई उपविजेता घोषणा गरियो ।

नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले नेपाली सदस्यबाट मेडल बटुलेर आयोजकलाई दिएका थिए । आयोजकले यो मेडल कतार क्रिकेट संघका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर