24.1 C
Kathmandu
 

अब काठमाण्डौमा बिजुली बस

काठमाण्डौ– काठमाण्डौ उपत्यकामा अब छिट्टै धुला, धुँवारहित र वातावरणमैत्री सवारीसाधन गुड्ने भएका छन् ।सार्वजनिक बससुन्दर यातायातले ल्याउन लागेको विद्युतीय बस यात्रुमैत्री रहेको सञ्चालक समितिका अध्यक्ष पोखरेलले दाबी गर्नुभयो । सुरुवाती चरणमा दुई प्रकारका बस सञ्चालनमा आउनेछन् । ४० सिटे बसमा अरु ३० जना यात्रुले उभिएर नै आरामसँग यात्रा गर्न सक्नेछन् । त्यस्तै ३५ सिटे बसमा पनि अरु २५ जना यात्रुले आरामदायी यात्राको अनुभूति गर्ने सञ्चालक समितिका अध्यक्ष पोखरेलले दाबी गर्नुभयो । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले विद्युतीय सार्वजनिक बस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

यो कम्पनीले चीनबाट विद्युतीय बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोवाइल कम्पनीसँग सम्झौता गरिसकेको छ । अब साउनभित्र नै चीनको बीएके ब्राण्डका विद्युतीय बसहरु गुड्ने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले उज्यालोलाई भन्नुभयो ।

थापाका अनुसार दुई ओटा विद्युतीय बस चीनबाट नेपालतर्फ छुटिसकेका छन् । काठमाण्डौका सडकमा गुडिरहेका बसभन्दा फरक र नेपालको सडक सुहाउँदो बिजुली बस ल्याउन लागिएको अध्यक्ष थापाले बताउनु भयो ।

सुन्दर यातायात प्रालिले यो वर्ष झण्डै २५ ओटा बिजुली बस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । जसका लागि ११ वटा विद्युतीय बसको सम्झौता भैसकेको र बाँकी बसका लागि पनि प्रक्रिया शुरु भैसकेको सुन्दर यातायात प्रालि सञ्चालक समितिका अध्यक्ष सुरेश पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई वटा विद्युतीय बस नेपालका लागि हिँडिसकेका छन् । ती बस नेपाल आइसकेपछि परीक्षण हुनेछ र लगत्तै उपत्यकाका सडकमा विद्युतीय बस सञ्चालनमा आउनेछ ।’सुन्दर यातायातले ल्याउन लागेको विद्युतीय बस यात्रुमैत्री रहेको सञ्चालक समितिका अध्यक्ष पोखरेलले दाबी गर्नुभयो । सुरुवाती चरणमा दुई प्रकारका बस सञ्चालनमा आउनेछन् । ४० सिटे बसमा अरु ३० जना यात्रुले उभिएर नै आरामसँग यात्रा गर्न सक्नेछन् । त्यस्तै ३५ सिटे बसमा पनि अरु २५ जना यात्रुले आरामदायी यात्राको अनुभूति गर्ने सञ्चालक समितिका अध्यक्ष पोखरेलले दाबी गर्नुभयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर