17.1 C
Kathmandu
 

बार्सिलोना सेभियासँग पराजित

२९ माघ, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग पराजित भएको हो । बार्सिलोना सेभियासँग २–० ले पराजित भएको छ । घरेलु मैदानमा सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक–एक गोल गरे ।

खेलको २५ औं मिनेटमा कुन्डेले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै सेभियालाई २–० को जित दिलाए । जितसँगै सेभियाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बार्सिलोना र सेभियाबीचको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा मार्च ४ मा हुनेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर