19.1 C
Kathmandu
 

स्पेनिस ला लिगा फुटबलमा रियलको सहज जित

२८ माघ, काठमाडौं । स्टार खेलाडी करिम बेन्जिमाको गोलको सहयोगमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा साविक विजेता रियलले गेटाफेलाई २–० ले हराएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र फर्लान्ड मेन्डीले १–१ गोल गरे ।

रियलका लागि खेलको ६० औं मिनेटमा बेम्जिमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ६६ औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई २–० को सहज जित दिलाए । जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २२ खेलमा ४६ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको ५१ अंक छ । गेटाफे २४ अंक जोडेर १३ औं स्थानमा छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर