23.1 C
Kathmandu
 

ब्राम्हणले सामूहिक रुपमा जोतेकाे दिन, आज हलोक्रान्ति दिवस

११ साउन । बाहुनहरुले सामुहिकरुपमा हलो जोतेको दिन अर्थात् आज ७० औं हलोक्रान्ति दिवस । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनहरुले सामुहिकरुपमा हलो जोतेका थिए ।

ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए । त्यही दिनको सम्झनामा आजको दिनलाई हलोक्रान्ति दिवसका रुपमा मनाउने गरिन्छ ।

२००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि तनहुँ, कास्की र धादिङमा पनि जोत्न शुरु गरिएको थियो । यसैको सम्झनामा वर्षेनी लमजुङको दुराडाँडामा हलोक्रान्ति दिवस मनाइन्छ ।

दिवसलाई राष्ट्रब्यापी बनाउँदै हलो क्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लमजुङबासीको छ । त्यतिबेला हलो जोत्ने सबैको निधन भइसकेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर