१९ माघ, काठमाडौं । एथ्लेटिक विल्वाओलाई पराजित गर्दै बार्सिलोना स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । कप्तान लिओनल मेसी र एन्टोनी ग्रीजमनको गोल मद्दतमा बार्सिलोनाले विल्वाओलाई २-१ ले पराजित गरेको हो । जितपछि बार्सिलोनाले रियल मड्रिडलाई पछि पारेको छ ।घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले एक/एक गोल गरे । उता बिल्बाओले एक आत्मघाती गोल उपहार पाएको थियो ।
खेलको २० औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी आल्बाले आत्मघाती गोल गर्दा बिल्बाओले खेल १/१ गोलको बराबरी गर्ने अवसर पायो । ७४ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २/१ गोलको जित दिलाए । जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । लिगमा २० खेल खेलेको बार्सिलोनाको ४० अंक छ । शिर्ष स्थानमा रहेको एट्लेटिको ५० अक छ । पराजित बिल्बाओ २४ अक जोडेर तालिकाको ११ औं स्थानमा छ ।