25.1 C
Kathmandu
 

टोटनह्यामाथि म्यानचेस्टर युनाइटेडको जित

प्रिसिजन भ्रमणका दौरान भइरहेको इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत इंग्ल्यान्डका दुई क्लबबीचको भिडन्तमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई २-१ हराएको छ।

म्यानचेस्टर युनाइटेडका लागि एन्थोनी मार्टियलले खेलको २१ मिनेटमा पहिलो गोल गरे।

टोटनह्यामका लुकास माउराले ६५ मिनेटमा बराबरी गोल फर्काए। तर ८० मिनेटमा एन्जेल गोमेजले गोल गरेपछि म्यानचेस्टरले दोस्रो पटक अग्रता लिएको थियो।

कपअन्तर्गत शनिबार रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीच साँझ पौने ६ बजे खेल हुनेछ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर