21 C
Kathmandu
 

पछिल्लो २४ घण्टामा मुलुकभर २७० जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु

११ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना पुष्टि भएको हो। यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ। पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण सातजनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा दुईहजार १ जना पुगेको छ ।

नेपालमा आइतबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६९ हजार चारसय ५० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा चारसय तीनजना निको भएका छन् ।  यो सँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६४ हजार १ सय ३७ पुगेको छ ।  हालसम्म क्वारेन्टिनमा एक सय ४५ जना छन् भने तीनहजार ३ सय १२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सडेको अवस्थामा महिलाको शव भेटियो

१३ फागुन, काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। हरियो सामुदायिक...

भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

१३ फागुन, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ । प्रहरी...

एक करोड हिनामिना गरी फरार भएका मालपोत कार्यालयका अधिकृत पक्राउ

१३ फागुन, काठमाडौं । चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले बुधबार काठमाडौंको कागेश्वरीबाट तत्कालीन अधिकृतलाई पक्राउ गरेको हो।...

अष्ट्रेलियामाथि न्युजिल्यान्डको रोमान्चक जित

१३ फागुन, काठमाडौं । घरेलु टिम न्युजिल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि–२० क्रिकेटमा पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा न्युजिल्यान्डले अस्ट्रेलियामाथि चार रनको रोमाञ्चक जित...

आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

१३ फागुन, काठमाडौं ।  सुन–चाँदीको भाउ झर्दो क्रममा रहेको छ । बिहीबार पनि सुन–चाँदीको भाउमा गिरावट आएको छ । बिहीबार सुन तोलामा ५०० ले...