22 C
Kathmandu
 

सेयर बजारमा उत्साहः २४०० अंकमाथि गयो बजार, ५० अंकको उछाल आउँदा साढे ९ अर्बको किनबेच

११ माघ, काठमाडौं । आइतबार सेयर बजारमा ५० अंकको उछाल आएसँगै नेप्से सूचकले २४०० अंक पार गरेको छ। सूचक ५० अंकले बढेर २४२४ बिन्दुमा पुग्दा कारोबार रकम समेत ९ अर्ब रुपैयाँ भन्दामाथि पुगेको छ। नेपाल लाइफको मात्रै ६६ करोड रुपैयाँको कारोबार हुँदा पुनर्बीमा कम्पनीको ३४ करोड, नेपाल टेलिकमको ३१ करोड, नेशनल लाइफको २४ करोड, प्राइम कमर्सियल बैंकको २२ करोड रुपैयाँको किनबेच भएको छ।

सिभिल बैंकको १३ लाख कित्ता सेयरको माग हुँदा मेगा बैंकको साढे ९ लाख कित्ता, प्रभु लाइफ र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ८/८ लाख कित्ता सेयर माग भएको थियो। सर्वाधिक किनबेच भने एचआइडिसिएल, कुमारी बैंक, प्रभु बैंक, सिभिल बैंक अरुण काबेली पावर र प्राइम कमर्सियल बैंकको करिब ५/५ लाख कित्ता सेयर किनबेच भएको छ।

व्यापार समुह बाहेक सबै उपसूचक हरियो

आइतबार व्यापार समुह बाहेकका सबै उपसूचक हरियो भएका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समुह २२१ अंकले बढ्दा जीवन बीमा समुह १६५ अंक, लघुवित्त समुह १०२ र अन्य समुह १०४ अंकले बढेका छन्। व्यापार समुहको सूचक ७३ अंकले घटेको छ।

दर्जन बढी कम्पनीमा सर्किट
आइतबार कारोबारमा आएका कम्पनीमध्ये मिथिला लघुवित्त, पोखरा फाइनान्स, ग्रामीण विकास लघुवित्त, गुरास लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त, नागरिक लगानी कोष, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, आइएमई जनरल इन्स्योरेन्स, सपोर्ट माइक्रो फाइनान्स, रिडि हाइड्रोपवार, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, एचआइडिसिएल,  शिवश्री हाइड्रोपवार, आशा लघुवित्त र रैराङ हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

करिब ८० हजार कारोबार
आइतबारको कारोबारमा करिब ८० हजार पटक सेयर किनबेच भएको छ। यसअघि दैनिक ४० देखि ४५ हजार सम्म कारोबार हुने गरेकोमा आइतबार करिब दोब्बर संख्यामा किनबेच भएको छ।

७९ हजार ९४ वटा कारोबारबाट २०७ कम्पनीका एक करोड ९२ लाख ८६ हजार कित्ता सेयर ९ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएका छन्।
७ वटा कम्पनीको मूल्य स्थिर रहँदा ४६ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

पछिल्लो २४ घण्टामा मुलुकभर ११२ जनामा कोरोना संक्रमण पुष्टि

१३ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४११ जनाको पीसीआर परीक्षण गरिएकोमा ११२ जनाको नतिजा पोजेटिभ आएको छ । यो सँगै नेपालमा...

आईपीओको नतिजा अब ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइटमा मात्रै हेर्न पाइने

१३ फागुन, काठमाडौं ।  अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ। यस अघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको...

सडेको अवस्थामा महिलाको शव भेटियो

१३ फागुन, काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। हरियो सामुदायिक...

भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

१३ फागुन, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ । प्रहरी...

एक करोड हिनामिना गरी फरार भएका मालपोत कार्यालयका अधिकृत पक्राउ

१३ फागुन, काठमाडौं । चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले बुधबार काठमाडौंको कागेश्वरीबाट तत्कालीन अधिकृतलाई पक्राउ गरेको हो।...