22.1 C
Kathmandu
 

सुनको भाउ सामान्य घट्यो

११ माघ, काठमाडौं । सुनको भाउमा सामान्य कमी आएको छ । गएको शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले कमी आएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम गरेको छ ।

शुक्रबार तोलाको ९२ हजार ९०० मा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९२ हजार १०० कायम भएको छ । गएको शुक्रबार तोलाको ९२ हजार ४०० मा कारोबार भएको थियो । चाँदीको भाउ भने तोलाको १२ सय ६० रुपैयाँमा स्थिर छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर