21 C
Kathmandu
 

लागुऔषधसहित दुईजना पक्राउ

९ माघ, काठमाडौं । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेशकुमार साह र मिर्चैया नगरपालिका–८ निवासी २७ वर्षीय अनिल शर्मालाई पक्राउ गरेको हो ।

लागुऔषध बिक्री–वितरणका लागि गोलबजारबाट लहानतर्फ आउँदै गर्दा गोप्य सूचनाका आधारमा स७प ५७१२ नम्ब।को पल्सर मोटरसाइकल र स१०प ५५२२ नम्ब।को मोटरसाइकलमा जाँच गर्दा लागुऔषध बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट डिलक्स डिसी ३४ बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नोफिन इन्जेक्सन ४५ थान, फेनारगन ४५ थान, स्पासप्रोक्सन ४८ थान, नाइट्रोभेट ट्याब्लेट एक हजार ४९७ थान लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

आईपीओको नतिजा अब ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइटमा मात्रै हेर्न पाइने

१३ फागुन, काठमाडौं ।  अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ। यस अघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको...

सडेको अवस्थामा महिलाको शव भेटियो

१३ फागुन, काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। हरियो सामुदायिक...

भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

१३ फागुन, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ । प्रहरी...

एक करोड हिनामिना गरी फरार भएका मालपोत कार्यालयका अधिकृत पक्राउ

१३ फागुन, काठमाडौं । चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले बुधबार काठमाडौंको कागेश्वरीबाट तत्कालीन अधिकृतलाई पक्राउ गरेको हो।...

अष्ट्रेलियामाथि न्युजिल्यान्डको रोमान्चक जित

१३ फागुन, काठमाडौं । घरेलु टिम न्युजिल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि–२० क्रिकेटमा पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा न्युजिल्यान्डले अस्ट्रेलियामाथि चार रनको रोमाञ्चक जित...