21 C
Kathmandu
 

चन्द्रागिरी हिल्सको आईपीओ आज बाँडफाँट हुने

९ माघ, काठमाडौं । चन्द्रागीरि हिल्सको आईपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज बाँडफाँट गर्ने गर्न लागिएको हो । कम्पनीको आईपीओमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका छन् । ४५ हजार ६३१ आवेदन रद्द भएका छन् । १२ लाख ११ हजार आवेदनमध्ये १ लाख ३९ हजार ६०० आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउने छन् । बाँकीको हात रित्तो हुनेछ ।

यसैबीच, चन्द्रागीरि हिल्सले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने आवेदकलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । हिल्सले सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेकाले आवेदन दिने सबैलाई सम्मानस्वरुप यो व्यवस्था गरेको जनाएको छ । छुट पाउने आवेदन दिएको प्रमाण पेस गर्नुपर्छ । आवेदनकर्ताले एक वर्षसम्म यस्तो छुट पाउनेछन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

आईपीओको नतिजा अब ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइटमा मात्रै हेर्न पाइने

१३ फागुन, काठमाडौं ।  अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ। यस अघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको...

सडेको अवस्थामा महिलाको शव भेटियो

१३ फागुन, काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। हरियो सामुदायिक...

भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

१३ फागुन, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ । प्रहरी...

एक करोड हिनामिना गरी फरार भएका मालपोत कार्यालयका अधिकृत पक्राउ

१३ फागुन, काठमाडौं । चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले बुधबार काठमाडौंको कागेश्वरीबाट तत्कालीन अधिकृतलाई पक्राउ गरेको हो।...

अष्ट्रेलियामाथि न्युजिल्यान्डको रोमान्चक जित

१३ फागुन, काठमाडौं । घरेलु टिम न्युजिल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि–२० क्रिकेटमा पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा न्युजिल्यान्डले अस्ट्रेलियामाथि चार रनको रोमाञ्चक जित...