८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् ।
हामीले तीन दिनको समय दिएर स्पष्टीकरण मागेका थियौँ, चार दिन बित्दा पनि उनले जवाफ दिएनन्, उनमा जवाफ दिने हिम्मत नै छैन’, अध्यक्ष नेपालले भने, ‘हामी उनलाई साधारण सदस्यबाट हटाउने अन्तिम चरणमा छौँ, उनलाई आजैका मितिबाट साधारण सदस्यबाट निष्कासन गछौँ ।’ उनले केपी ओली कम्युनिस्ट पनि नभएको बताए। उनले ओलीले आफूलाई पार्टी कमिटीभन्दा माथि ठानेपछि समस्या भएको बताए।
केही दिन अघि बसेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठकले महासचिवबाट विष्णु पौडेललाई हटाउँदै ओलीलाई ३ दिनको समय दिएर साधारण सदस्यबाट किन नहटाउने भनि स्पष्टीकरण सोधेको थियो।