७ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको छ । नेप्सेका अनुसार ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८७ अंकले उकालो लागेर २ हजार ३४२ दशमलव ७६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१८ अंकले उकालो लागेको छ ।
महिला सहयात्रा माइक्राफाइनान्स, बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट, नेपाल फाइनान्सलगायत कम्पनीको सेयर मूल्य नौ प्रतिशतले भन्दा बढीले वृद्धि भएको छ । कामना सेवा विकास, विशाल बजार, सिभिल लघुवित्तलगायत कम्पनीको मूल्य भने घटेको छ । बाह्र उपसूचकमध्ये विकास बैक हाइड्रो, फाइनान्स, निर्जीवन बिमा, माइक्रोफाइनान्स, जीवन बिमा र म्युचुअल फन्डको इन्डेक्स बढेको छ ।