21 C
Kathmandu
 

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

७ माघ, काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले गरेका छन्।

इजलासले ज्ञवालीलाई बहसका लागि ३० मिनेटको समय तोकिदिएको छ। यस अघि इजलासमा वकिललाई बहसको समय तोकिएको थिएन। एउटै वकिलले घन्टौं बहस गर्न थालेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए तर समय तोकेका थिएनन्। संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ । प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिएका हुन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

आईपीओको नतिजा अब ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइटमा मात्रै हेर्न पाइने

१३ फागुन, काठमाडौं ।  अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ। यस अघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको...

सडेको अवस्थामा महिलाको शव भेटियो

१३ फागुन, काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। हरियो सामुदायिक...

भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

१३ फागुन, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ । प्रहरी...

एक करोड हिनामिना गरी फरार भएका मालपोत कार्यालयका अधिकृत पक्राउ

१३ फागुन, काठमाडौं । चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले बुधबार काठमाडौंको कागेश्वरीबाट तत्कालीन अधिकृतलाई पक्राउ गरेको हो।...

अष्ट्रेलियामाथि न्युजिल्यान्डको रोमान्चक जित

१३ फागुन, काठमाडौं । घरेलु टिम न्युजिल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि–२० क्रिकेटमा पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा न्युजिल्यान्डले अस्ट्रेलियामाथि चार रनको रोमाञ्चक जित...