६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ लाख १२ हजार २५३ संक्रमित थपिएका छन् ।
अमेरिकामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९२ हजार ६४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५५७ संक्रमितको मृत्यु भएको छ ।