16 C
Kathmandu
 

गौरिका को कीर्तिमान मा सुधार

दक्षिण कोरियाको ग्वाङ्जुमा जारी १८औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालकी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। एक सय मिटर फ्रिस्टाइलमा बिहीबार गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै ०१:००:६२ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी हुन्।

यसअघि यस स्पर्धामा यसअघि उनकै नाममा ०१ :०० :७९ सेकेन्डको कीर्तिमान थियो। उनले सन् २०१७ मा आयोजना भएको २०औं राष्ट्रिय प्रतियोगितामा यो कीर्तिमान बनाएकी थिइन। यस स्पर्धामा ९३ जनाको सहभागिता रहेको थियो। गौरिका समग्रमा ६९औं स्थानमा रहिन्।

यसैगरी पुरुष एक सय मिटर फ्रिस्टाइलमा नेपालका एलेक्जेन्डर शाहले पनि राष्ट्रिय कीर्तिमान बनाएका छन्। शाहले ५६.२८ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। शाहले यसअघि शिरीष गुरुङको नाममा रहेको कीर्तिमान तोडेका हुन्। गुरुङले दुई वर्षअघि ५७.८८ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए। शाहले सुक्रबार ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।

जुलाई २८ तारिखसम्म सञ्चालन हुने प्रतियोगिता नेपालबाट समान २–२ पुरुष÷महिला खेलाडीको सहभागिता रहेको छ। पुरुषमा शुभम् श्रेष्ठले ५० र एक सय मिटर ब्रेस्टस्ट्रोक तथा एलेक्जेन्डर शाहले ५० र एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। यस्तै महिलामा गौरिकाले एक सय र दुई सय मिटर फ्रिस्टाइल तथा सोफिया शाहले ५० मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाईमा प्रतिस्पर्धा गरेका छन्। गौरिका यसअघि दुई सय मिटर फ्रिस्टाइलमा हिट चरणबाटै बाहिरिएकी थिइन्। नेपाली टोलीको व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ तथा प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर