9 C
Kathmandu
 

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना,१४ जना घाइते

१ माघ, काठमाडौं । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भिर रहेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीबाट स्याङ्जाको गल्याङ नगरपालिकामा जन्ती लिएर जादैँ गरेको ग १ झ ५०८६ नम्बरको मुस्ताङ जिप अर्वेनीको कोटमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि अर्वेनीका ६० बर्षिया ओमप्रसाद पाण्डे, ५५ बर्षिया शोभाखर पाण्डे, ५० बर्षिया शिवलाल पाण्डे, कालिगण्डकी १ का ५३ बर्षिया खिमानन्द पाण्डे, कालिगण्डकी –२ का २८ बर्षिया गोविन्द पाण्डे, २५ बर्षिया कृष्ण पाण्डे घाइते भएका छन् । त्यसैगरि २० बर्षिया नविन पाण्डे, २४ बर्षिया हिमलाल पाण्डे, १६ बर्षिया विष्णु पाण्डे, ६५ बर्षिया डन्डपानी न्यौपाने तथा २६ बर्षिया तुल्सा पाण्डे घाइते भएका छन् । त्यस्तै १४ बर्षकी बालिका हिरा पाण्डे, ५ बर्षका श्रीस पाण्डे तथा सवारी चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका –४ का २८ बर्षिया राजन पाण्डे घाइते भएको पूर्तिघाट प्रहरी चौकीका सई हरी पुनले जानकारी दिए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...