9 C
Kathmandu
 

चराहरूको स्वर्ग जगदिशपुर ताल

१ माघ, काठमाडौं । पाहुना चराहरूको स्वर्ग बनिरहेको कपिलवस्तुको जगदिशपुर ताल ४५ वर्षअघिसम्म गाउँ थियो। थारु समुदायको बाहुल्यता रहेकोले त्यो गाउँलाई जगदिशपुर थारु गाउँ भनिन्थ्यो। गाउँको बीचमा सानो ताल थियो जसलाई जगिरा भनिन्थ्यो। त्यही तालमा गाउँलेहरू पौडी खेल्ने, भैंसीलाई आहाल बसाल्ने र माछा मार्ने गर्थे। कपिलवस्तु नगरपालिका वडा नं. ९ का अध्यक्ष शिव बहादुर वाग्ले त्यहाँको विगतबारे यसरी बताउँछन्।

‘कात्तिकदेखि माघसम्म नै विभिन्न मुलुकबाट चराहरू आउने क्रम जारी रहने भएकोले अहिले नै यत्तिकै संख्यामा चराहरू आए भन्न नसकिए पनि १२ देखि १५ हजारको संख्यामा चराहरू आइसकेको हुनुपर्छ,’ पाण्डेले भने। यहाँ सबभन्दा बढी मरुल चराहरू आउने गर्छन्। त्यस्तै, हाँस प्रजातिका सुनजुरे, खडखडे, सिलसिले, कालीजुरे र मालक चराहरू पनि रहेका छन्।

त्यस्तै सुइरोपुछ्रे, बेल्चाठुंडे, सिन्दुरे र कैलो टाउके हाँसको लागि यो ताल राम्रो बासस्थान बनेको छ। तालको पानीमा डुबुल्की मार्दै र उफ्रिँदै खेल्ने चखेवा चखेवीको चहलपहलले अहिले तालमा पुग्ने पर्यटकहरूलाई मनोरञ्जन दिने गरेको छ। पाहुना चराको जलक्रिडा र रोमाञ्चक गतिविधिले पंक्षी प्रेमीलाई मात्र होइन त्यहाँ पुग्ने हरेक पर्यटकलाई मन्त्रमुग्ध बनाएको छ।

रुस, चीन, मंगोलिया, साइबेरियामध्ये एसियाका तुर्केमिनिस्ता र कीर्गिस्तानमा हिउँ परेर तालतलैया तथा पानीको सतह जम्ने भएपछि आहारको खोजी गर्दै चराहरू यहाँ आउने गर्छन्। फागुन महिनापछि भने यहाँ गर्मी हुन थालेपछि चराहरू फेरि आफ्नै मुलुक फर्किने गर्छन्। ती मुलुकहरूबाट सातदेखि १० दिन लगाएर ४ देखि ५ हजार माइलसम्मको उडान गरी चराहरू यहाँ आउने गर्छन्।  यो तालमा पंक्षी संरक्षण संघले विश्वमै दुर्लभ मानिएका ७ प्रजातिसँगै सिमसारमा आश्रित ६१ प्रजातिका चरा पाइन्छन्। त्यस्तै अन्य ५७ प्रजातिका चरा पनि यो तालमा पाइने गर्छन्।

धेरै प्रजातिका र ठूलो संख्यामा चराहरू आउने भएकोले यो ताल पंक्षीसम्बन्धी अध्ययन गर्ने विद्यार्थी तथा पंक्षीविद्हरूको लागि विश्वविद्यालयको रूपमा स्थापित हुँदै गएको पाण्डेले दाबी गरे।चराहरू आउने क्रम बढेसँगै अहिले दैनिक दुई तीन सय पर्यटकहरू अवलोकनको लागि पुग्ने गर्छन् । पर्यटकहरूलाई आकर्षित गर्न विगत दुई तीन वर्षदेखि तालमा डुंगा सञ्चालन गरिएको छ। तर डुंगा सञ्चालनले चराहरूको गतिविधिमा असर नगरोस् र पर्यटकहरूले चराहरूको गतिविधि अवलोकन गर्न पनि सकुन् भन्ने उद्देश्यले तालमा रस्सी लगाएर डुंगा सयरको लागि क्षेत्र विभाजन गरिएको छ।

बिहानको समयमा डुंगा सयर गर्ने क्षेत्रमा चराहरू आउने गरे पनि डुंगा चल्न थालेपछि त्यहाँबाट अन्यत्र जाने गर्छन्। चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा बासस्थान बनाउने भएकोले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ। तालको वरिपरि डिलबाट हिँडडुल गर्न र चराहरू अवलोकन गर्न पाइने भए पनि तालभित्र जान भने रोक लगाइएको छ।

पहिले चराहरूलाई लखेट्ने, मार्ने गरिए पनि अहिले स्थानीयहरू चरा संरक्षणमा लाग्ने गरेका छन्। ताल र वरपरको जैविक विविधतासँग जोडेर पर्यटन विकास गर्ने र त्यसको माध्यमद्वारा स्थानीयको जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नेतर्फ छलफल भइरहेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह बताउँछन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...