9 C
Kathmandu
 

प्रधानमन्त्रीको सहभागितामा बालुवाटारमा मनाइयो योग दिवस

१ माघ, काठमाडौं । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज योग दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए । कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए ।

योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए । योगगुरु डा. हरिप्रसाद पोखरेलले नेपालले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताए । नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...