भारतीय ट्रकको ठक्करबाट विराटनगरमा मोटरसाइकल चालकको मृत्यु भएको छ । नेपाल-भारत सीमा क्षेत्रमा ट्रकको ठक्करबाट विराटनगर महानगरपालिका-१५ का २२ वर्षीय अमर सिंहको मृत्यु भएको हो।
भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सिंहको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिए। भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।
सिंहको शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ। ट्रकका चालक फरार छन्। मोटरसाइकल चालक सिंहको मृत्युपछि स्थानीयले सवारी साधन सञ्चालनमा अवरोध गरेका छन्।
।