१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा १२ हजार २९५ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ५४ हजार ३३६ पुगेको छ ।
कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ३ लाख ३५ हजार ८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ९३ हजार ४०९ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।