9 C
Kathmandu
 

कोभिड–१९ पछि योगको थप सान्दर्भिकता बढ्यो : प्रधानमन्त्री ओली

१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् ।

राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार–विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको सङ्क्रमण सामना गर्न सहज हुने जनाएका छन् । प्रधानमन्त्री ओलीको सन्देशमा  हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको उल्लेख गर्दै योगाभ्यास र आयुर्वेद एक भरपर्दाे र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आग्रह गरे ।

उनले मुलुकको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई पूरा गर्ने क्रममा सरकारले लिएको निरोग नेपाल अभियानलाई सार्थक तुल्याउनका लागि पनि योगलाई प्रश्रय दिन आह्वान गरे । नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएका यस वर्ष कोरोना महामारीका कारण भर्चुअल र टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत मनाइँदै छ । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको मन्त्रलयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...