13 C
Kathmandu
 

राजधानीका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लगिने तयारी

२९ पुस, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ। यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ।

अहिलेसम्म हरेक चोकको फरक–फरकरूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले बताए । अहिलेसम्म कुन–कुन समयमा कुन रङका बत्ती कतिबेर बल्ने भन्ने निर्धारण ट्राफिक प्रहरीले गर्दै आएका थिए। उनले भने, ‘अहिलेसम्म ट्राफिकले सवारी चाप हेरेर कतातिरको सडकमा हरियो, कतिबेर र रातो कतिबेर बाल्ने भन्ने निर्धारण गर्दथे भने यही काम अब उपकरणले गर्नेछ।’

विभागले नेपलमा पहिलोपटक ‘स्मार्ट’ ट्राफिक बत्ती व्यवस्थापन सुरू गर्न लागेको हो। चालु आर्थिक वर्षभित्रै यो डिजाइनमा जाने प्रमुख ओझाको भनाइ छ। उनले भने, ‘डिजाइन भइसकेपछि खरिद प्रक्रिया अघि बढाइनेछ।’ एक दशक पहिले काठमाडौं उपत्यकाका केही चोकमा बत्ती जडान भए पनि तिनले काम गरेका थिएनन्। विभागले गत दुई वर्ष पहिलेदेखि सवारी चाप बढी भएका सडकमा बत्ती जडान गर्दै आएको छ। चालु आवमा पाँच चोकमा र आगामी आवमा सात ठाउँमा बत्ती जडानको तयारी गरिएको छ।

उपत्यकाका पालिकाले पनि आवश्यक स्थानमा बत्ती जडान गरिरहेका छन्।  ट्राफिक प्रहरीले हेरेर व्यवस्थापन गर्दा कतिपय चोकमा सवारी चाप कम भएका सडकतर्फ बढी समयसम्म हरियो बत्ती र कम चाप भएका सडकतर्फ बढी समयका लागि बलेको देख्न सकिन्छ।  चोक–चोकमा हुने सवारी चाप व्यवस्थापनका लागि अहिले ट्राफिक बत्तीले सहयोग गरेकामा स्मार्ट प्रणालीले थप व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

प्रतिनिधि सभा विघटनविरूद्ध वडाबाटै प्रदर्शनमा जुट्न देउवाको निर्देशन

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।...

नेप्से परिसूचक १५ अंकले बढ्याे

७ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको...

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

७ माघ, काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार...

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

७ माघ, काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस...

सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

७ माघ, काठमाडौं ।  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा...