13 C
Kathmandu
 

घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

२९ पुस, काठमाडौं । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७, दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मंगलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए । रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

प्रतिनिधि सभा विघटनविरूद्ध वडाबाटै प्रदर्शनमा जुट्न देउवाको निर्देशन

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।...

नेप्से परिसूचक १५ अंकले बढ्याे

७ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको...

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

७ माघ, काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार...

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

७ माघ, काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस...

सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

७ माघ, काठमाडौं ।  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा...