२८ असारमा आएको बाढीबाट जनजीवन सामान्य हुन नपाउदै रौतहटमा फेरि बाढी आएको छ । पहाडी क्षेत्रमा केही दिनदेखि परेको वर्षाका कारण रौतहटको लालबकैया नदीमा बाढी आएको हो ।
पूर्वमा रहेको बाग्मती नदी अहिले केही सामान्य देखिए पनि लालबकैयामा भने पानीको वहाव उच्च रहेको छ । २८ असारमा आएको बाढीले विभिन्न स्थानमा बाँध फुटाएको थियो ती बाँध मर्मत हुन नपाउदै दोस्रो पटक आएको बाढीले स्थानीय चिन्तित बनाए को छ ।
गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत सवगढामा रहेको लच्कामा पानीको वहाव निकै तीब्र भएपछि साना सवारी साधनहरुको आवागमन रोकिएको छ ।
गौर नगरपालिकाको महादेवपट्टी र भन्सार क्षेत्रमा पनि बाढीको पानी पसेको छ । रौतहटको बन्जरहा, फतुवामहेशपुर, राजपुर, जिंगडवा, पुरेनवामा पनि लगातारका बाढीका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ ।