२९ पुस, काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले बुधबार नयाँ संवैधानिक इजलास बनाएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा इजलासमा कार्की बस्न नमिल्ने भन्दै प्रश्न उठेपछि गत बुधबार उनले इजलास छाडेका थिए ।
आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर १३ रिटमा सुनुवाइ हुँदै छ । प्रधानन्ययाधीश चोलेन्द्रशमशेर राणासहित इजलासमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।