16.1 C
Kathmandu
 

यौन हिँसाको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

२८ पुस, काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् । क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएका थिए । उनलाई लाई रत्नराज्य लक्ष्मी क्याम्पसबाट नै पक्राउ गरिएको हो । उनीमाथि अभद्र व्यवहारको मुद्दामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर