२८ पुस, काठमाडौं । अघिल्ला दिन निरन्तर ओरालो लागेको सुनचाँदीको भाउमा मंगलबार ‘ब्रेक’ लागेको छ । यस दिन सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ८०० रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको ९२ हजार २०० मा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९२ हजार ३०० पुगेको छ । हिजो ९१ हजार ७०० मा कारोबार भएको थियो ।यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर तोलाको १२ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।