16.1 C
Kathmandu
 

विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९० लाख नाघ्यो

२८ पुस, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ८ करोड ९० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ८ करोड ९० लाख ४८ हजार ३४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६० हजार ९९३ संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ३० हजार २६५ पुगेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर