16 C
Kathmandu
 

फेसबुकलाई अहिलेसम्मकै ठूलो जरिवाना, ५ अर्ब डलर तिर्नुपर्ने

फेसबुकले अहिलेसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका हुन् ।अमेरिकाले सामाजिक सञ्जाल फेसबुकलाई ५ अर्ब डलर जरिवाना तिराएको छ ।
अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएकाले ५ अर्ब डलर जरिवाना गरिएको जनाएको छ ।
एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेको आरोपको छानबिन गरेको थियो ।जसमा कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको पहिलो पटक हो ।
एफटीसीका अध्यक्ष जो सिमोन्सले गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना गरिएको बताएको बीबीसीले जनाएको छ ।
यस अघि गएको अक्टोबरमा क्याम्ब्रिज एनालिटिकाको डाटा विवादमा फेसबुकको भूमिकालाई लिएर बेलायतको डेटा संरक्षणबारे हेर्ने निकायले फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना तिराएको थियो ।
फेसबुकका संस्थापक मार्क जकर्बर्गले फेसबुकले अब गोपनीयतामा ध्यान दिने प्रतिक्रिया दिएका छन् । उनले विगतका कमीकमजोरी पनि सच्याउँदै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर