13 C
Kathmandu
 

चन्द्रागिरी हिल्सको आईपीओ बिक्री आजदेखि खुला

२४ पुस, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँबराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेर बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।उक्त आईपीओ छिटोमा पुस २८ गते र उक्त समयमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । इच्छुक आवेदकले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ ।

कम्पनीले यसअघि आयोजना प्रभावित काठमाडौं र मकवानपुरका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले काठमाडौं चन्द्रगिरि नगरपालिकामा केवलकार रिसोर्ट सञ्चालन गरिरहेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

प्रतिनिधि सभा विघटनविरूद्ध वडाबाटै प्रदर्शनमा जुट्न देउवाको निर्देशन

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।...

नेप्से परिसूचक १५ अंकले बढ्याे

७ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको...

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

७ माघ, काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार...

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

७ माघ, काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस...

सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

७ माघ, काठमाडौं ।  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा...