13 C
Kathmandu
 

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

२३ पुस, काठमाडौं । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ ।  प्रतियोगिताको उपाधि दाबेदार बार्सिलोना कमजोर अवस्थाबाट उक्लेर पछिल्लो समय लयमा आएको छ ।  बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
बिल्बाओको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै पेड्रीले एक गोल गरे । उता बिल्बाओका लागि इन्की विलियम्स र एल्कर मुनियमले एक–एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । १४ औं मिनेटमा पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।  खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

६२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ३–१ गोलको अग्रता लियो ।
९०औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काए पनि बार्सिलोना ३–२ ले विजयी भयो ।जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लेको छ । लिगमा बार्सिलोनाले १७ खेलमा ३१ अंक जोडेको छ । बिल्बाओ २१ अंक जोडेर नवौं स्थानमा छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

प्रतिनिधि सभा विघटनविरूद्ध वडाबाटै प्रदर्शनमा जुट्न देउवाको निर्देशन

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।...

नेप्से परिसूचक १५ अंकले बढ्याे

७ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको...

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

७ माघ, काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार...

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

७ माघ, काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस...

सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

७ माघ, काठमाडौं ।  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा...