13 C
Kathmandu
 

टोटेनहम कारावाओ कपको फाइनलमा

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम कारावाओ कप फुटबलको फाइनलमा प्रवेश गरको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले ब्रेन्फोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउन मोउसा सिसोको र सनले एक–एक गोल गरे । खेलको १२औं मिनेटमा सिसोकोले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको टोटेनहमले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । खेलको ७० औं मिनेटमा सनले गोल गर्दै टिमलाई फाइनलमा पुर्याउन सफल भए ।

खेलको ८४ औं मिनेटमा ब्रेन्फोर्ड १० खेलाडीमा सिमित भएको थियो । डिसिल्भा रातो कार्ड खाँदै बाहिर गएका थिए । टोटेनहमले अब उपाधिका लागि सिटी र युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

प्रतिनिधि सभा विघटनविरूद्ध वडाबाटै प्रदर्शनमा जुट्न देउवाको निर्देशन

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।...

नेप्से परिसूचक १५ अंकले बढ्याे

७ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको...

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

७ माघ, काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार...

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

७ माघ, काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस...

सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

७ माघ, काठमाडौं ।  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा...