काठमाडौं । केन विलियमसनले टेस्ट क्रिकेटमा ७ हजार रन पूरा गरेका छन् । न्युजिल्यान्डका कप्तान विलियमसनले टेस्ट क्रिकेटमा फड्को मार्दै ७ हजार रन पूरा गर्न सफल भएका हुन् ।
घरेलु मैदानमा पाकिस्तानविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङ्समा उनले ७ हजार रन पूरा गरेका हुन् । दोस्रो टेस्टको इनिङ्समा १२३ रन जोड्दै विलियमसनले ७ हजार रन पूरा गरे ।
विलियमसनले १४४ टेस्ट इनिङ्समा ७ हजार रन पूरा गरेका हुन् । विलियमसन न्युजिल्यान्डका लागि सर्वाधिक छिटो ७ हजार रन पूरा गर्ने खेलाडीसमेत बनेका छन् ।