क्राइस्टचर्च । पाकिस्तानविरुद्ध केन विलियम्सनको शतकीय पारीको मद्दतले न्यूजिल्यान्डले दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल समाप्त हुँदा तीन विकेटको क्षतिमा २८६ रन बनाएको छ । पाकिस्तानविरुद्ध विलियम्सन र हेनरी निकोल्सले २१५ रनको साझेदारी गरिसकेका छन् ।
क्राइस्टचर्चको मैदानमा ७१ रन बनाउँदा तीन विकेट गुमाएको न्यूजिल्यान्डले त्यसपछि कुनै विकेट गुमाएन । क्रिजमा विलियम्सन ११२ र निकोल्स ८९ रन बनाएर खेलिरहेका छन् । भाग्यशाली रहेका विलियम्सनले तीनपटक जीवनदान पाएका थिए ।
न्यूजिल्यान्डका लागि टम लथमले ३३, ब्लन्डेलले १६ र रस टेलरले १२ रन बनाएका थिए । पहिलो इनिङमा पाकिस्तानले २९७ रन बनाएको थियो । न्यूजिल्यान्ड अझै ११ रनले पछि छ । तर, उसका सात विकेट अझै बाँकी छन् । पहिलो टेस्टमा न्यूजिल्यान्डसँग पाकिस्तान १०१ रनले पराजित भएको थियो । रासस/एएफपी