19.1 C
Kathmandu
 

आज पनि वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

काठमाडौं – आज दिउँसो मुलुकको पूर्वी, मध्य र पश्चिमी भागमा सामान्यदेखी पूर्ण बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका अधिकांश स्थानका साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । त्यस्तै पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति पूर्वी, मध्य र पश्चिम भागमा सामान्यदेखि पूर्ण बदली भई पूर्वी र मध्य भागका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ । त्यस्तै पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार दिउँसो पूर्वी र मध्य भागमा पूर्ण बदली हुने महाशाखाले जनाएको छ । यस्तै पश्चिमी भागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थान तथा पश्चिमका केही स्थानहरुमा वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्व र मध्यका केही स्थानका साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । त्यस्तै पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार राति बदली रही पूर्व, मध्य र पश्चिमका अधिकांश स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा तथा पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर बदली भई अधिकांश स्थानहरुमा वर्षा हुने छ । त्यस्तै देशका केही स्थानमा भारि वर्षा र एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

बुधबार राति देशभर बदली हुने तथा अधिकांश स्थानहरुमा वर्षा हुने महाशाखाले जनाएको छ । साथै मध्यका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पूर्व र पश्चिमका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

आगामी २४ घण्टामा देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । जसका कारण ती क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ । साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर