13 C
Kathmandu
 

राष्ट्रिय परीक्षा बोर्डले खुलायो एसईईको आवेदन फारम

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ। २०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो। बोर्डले बुधबार निकालेको सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ। आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ। यस्तै बोर्डले  कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ। रजिष्ट्रेशनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ। एसईई कहिलेदेखि हुने भन्नेमा बोर्ड अन्यौलमा छ। गत वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

प्रतिनिधि सभा विघटनविरूद्ध वडाबाटै प्रदर्शनमा जुट्न देउवाको निर्देशन

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।...

नेप्से परिसूचक १५ अंकले बढ्याे

७ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको...

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

७ माघ, काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार...

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

७ माघ, काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस...

सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

७ माघ, काठमाडौं ।  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा...