केन्याकी धाविका सलोम बिवोटलाई ८ वर्षको प्रतिबन्ध लगाइएको छ । दोस्रो पटक डोपिङ टेस्टमा असफल भएपछि उनलाई ८ वर्षको प्रतिबन्ध लगाइएको हो ।
एथ्लेटिक्स इन्टीग्रिटी यूनिटले ३६ वर्षीया धविका बिवोटले साओ पाउलो अन्तर्राष्ट्रिय म्याराथनमा प्रतिबन्धित एनाबोलिक स्टेरायड सेवन गरेको जनाएको छ । उनी यसअघि २०१२ मा पनि डोपिङ परीक्षणमा असफल भएकी थिइन् । त्यतिबेला उनीमाथि २ वर्षको प्रतिबन्ध लागेको थियो ।
२ वर्षको प्रतिबन्ध पछि एथ्लेटिक्स ट्रयाकमा उत्रीएकी उनी पुनः डोपिङ परीक्षणमा असफल भएपछि ८ वर्षको प्रतिबन्ध लागेको हो । केन्याकी उनी लामो प्रतिबन्धमा पर्ने तेस्रो खेलाडी हुन् ।