31.1 C
Kathmandu
 

मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुल्यो

काठमाण्डौ – मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि शुक्रबारदेखि खुलेको छ । गएको असार २६ गते राति बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।

झण्डै ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुइतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।

यसैबीच पहिरोका कारण बन्द भएकोे मेची राजमार्गमा पहिरो पन्छाउन समस्या भएको छ । ठूलो पहिरो खसेकाले पन्छाउन समस्या भएकाले यो खण्डमा केही दिन यता गाडी चल्न सकेका छैनन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर