सोलुखुम्बु – चार दिन देखि निरन्तर वर्षा हुदाँ सोलुखुम्बुबाट काठमाण्डौ जाने सयौँ यात्रु अलपत्र परेका छन् ।
निरन्तरको झरीले हवाइ सेवा ठप्प भएको जिल्लामा एक मात्र विकल्पको रुपमा रहेको सडक मार्गसमेत बिहीबार रातिको पहिरोले अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका हुन् ।
नागरिक उड्यन प्राधिकरण फाप्लुका अनुसार अहिले १२० जनाभन्दा बढि यात्रु विमानको पर्खाइमा छन् । सडक मार्गसमेत बन्द भएपछि यात्रु अलपत्र परेको नागरिक उड्यन प्राधिकरण फाप्लुका निमित्त प्रमुख प्रभाश रञ्जनले बताउनुभयो ।
खराब मौसमका कारण उडान हुन नसकेपछि खुम्बु क्षेत्रबाट पैदल मार्फत सल्लेरी हुँदै सडकमार्फत काठमाण्डौ जाने यात्रु पनि अहिले सल्लेरीमा नै रोकिएका छन् ।सोलुखुम्बुबाट काठमाण्डौ जाने २ सयभन्दा बढी यात्रु सल्लेरीमै रोकिएको अनुमान गरिएको छ । सडक र हवाइ सेवा बन्द भएपछि सोलुखुम्बु र काठमाण्डौको सञ्जाल टुटेको छ ।