13 C
Kathmandu
 

फोर्ब्स सूचीको शीर्ष स्थानमा नेहा

मुम्बई । गायिका नेहा कक्कड फोर्ब्सको सूचीको शीर्ष स्थानमा पर्न सफल भएकी छिन् । सामाजिक सन्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रिटीको सूचीको पहिलो स्थानमा उनी पर्न सफल भएकी हुन् ।

आफ्नो व्यक्तिगत जीवनलाई सामाजिक सन्जालमार्फत फ्यानससम्म पुर्‍याउने उनले यो खुसीको खबर पनि सामाजिक सन्जालमै पोस्ट गरेकी छिन् ।

फोर्ब्सको यो सूचीमा १२ जना भारतीय मात्रै पर्न सफल भएका छन् । जसमा अमिताभ बच्चनजस्ता चर्चित हस्तीहरुलाई उछिन्दै नेहा पहिलो स्थानमा आएकी हुन् ।

उनले लेखेकी छिन्, “स्वयंप्रति निकै गर्वान्वित छु । तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु । धन्यवाद भगवान् ! तपाईंहरु सबैलाई पनि धन्यवाद ।”

हालै विवाह गरेकी नेहाको यो खुसीमा उनका पति तथा गायक रोहनप्रित सिंहले पनि बधाई व्यक्त गरेका छन् ।
-नवभारत टाइम्स

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

प्रतिनिधि सभा विघटनविरूद्ध वडाबाटै प्रदर्शनमा जुट्न देउवाको निर्देशन

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।...

नेप्से परिसूचक १५ अंकले बढ्याे

७ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको...

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

७ माघ, काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार...

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

७ माघ, काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस...

सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

७ माघ, काठमाडौं ।  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा...