मुम्बई । दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमा लागुऔषध मामिलामा जाँच गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अभिनेता अर्जुन रामपाललाई बयानका लागि पुन: बोलाएको छ ।
एनसबीले अर्जुनलाई पत्र पठाउँदै बुधबार (१६ डिसेम्बर) सोधपुछका लागि बोलाएको छ । अर्जुनलाई एनसीबीले पत्र पठाएको यो दोस्रोपटक हो ।
यसअघि १३ नोभेम्बरमा एनसीबीले अर्जुनसँग लामो समयसम्म सोधपुछ गरेको थियो । ८ नोभेम्बरमा एनसीबीको टिमले अर्जुनको घरमा छापा मारेको थियो । त्यसक्रममा उनको इलेक्ट्रोनिक ग्याजेट्स आफ्नो कब्जामा राखेको थियो । त्यसपछि अर्जुनकी प्रेमिका गैब्रिएला डेमेट्रिएडुससँग पनि ६ घण्टा लामो सोधपुछ गरेको थियो ।
-नवभारत टाइम्स