9 C
Kathmandu
 

प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह– दुई अध्यक्ष छलफल गरेर गलत कुरा सच्याउनुस्

काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‍प्रचण्डको द्वन्द्व मिलाउन नेकपाका नेताहरुले दौडधुप थालेका छन् । शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनी ओलीको सन्देश बोकेर खुमलटार पुगेको बताइन्छ ।

भेटमा पार्टीको विवाद र यसको समाधानबारे कुराकानी भएको थियो । सो क्रममा पोखरेलले प्रचण्डलाई दुई अध्यक्षबीच छलफल गरेर अघि बढ्न आग्रह गरेको स्रोतल जानाकारी दिएको छ ।“पार्टीमा जुन संकट सिर्जना भएको छ । त्यो बारे सोचौं। अहिले बेठिक कुरा भएका छन् । दुई अध्यक्षबीच सल्लाह गर्नुस् । बेठिक भएको कुरालाई सच्याउनुस्, पोखरेलले प्रचण्डलाई भनेका थिए ।

भेटमा प्रचण्डले आफूहरुले छलफल गर्ने र सहमतिमा जाने आश्वासन दिएका छन् ।

बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

कुराकानीका क्रममा प्रचण्डले सहमतिमै अगाडि बढ्ने आश्वासन दिएका थिए । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो १ बजे तय गरिएको छ । त्योभन्दा अघि ओली पक्षले प्रचण्डलाई मनाउने कोसिस थालेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...