16 C
Kathmandu
 

देशैभर बाढी र पहिरोको खतराः नदीको सतह बढ्दै

बिहानैदेखि देशका विभिन्न भागमा वर्षा निरन्तर रुपमा भइरहेका कारण देशैभरी बाढी र पहिरोको खतरा देखिएको छ । बढेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएअनुसार कमला नदी—धनुषा— तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दै गएकाले धनुषा र सिरहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा बेलुकासम्म सतर्क रहनुपर्ने अवस्था रहेको छ ।

त्यसैगरी विशेष बाढी सूचना जारी गर्दै महाशाखाले वाग्मती नदीको तराई क्षेत्रमा बहाव खतराजनक रहेकोे र कमला तथा कन्काईमा वहाव सतर्कता तह नजिक रहेको जनाइएको छ । यसैगरी कोशी नदीमा बहाव सतर्कता तह नजिक रहेको र बढ्दो रहेको, प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाव सतर्कता माथि र उच्च खतरा भएकोले भोलिसम्म नै यो अवस्था कायम रहने जनाइएको छ । महाशाखाले सबै शक्ति बाढीबाट जोगिने कार्यमा लगाउन आग्रह गरेको छ ।

त्यसैगरी वाग्मतीको पधेरादोभान बाढी मापन केन्द्रमा बिहान ८ बजे जलसतह खतरा तहमा पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका तटीय क्षेत्रमा हुनेहरु बेलुकासम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

यस्तै भारी वर्षाका कारण प्रदेश १, २ र ३ तथा चुरे र पहाडको क्षेत्रबाट बहने प्रायः नदीहरुमा जलसतह सर्तकता तह आसपास रहेको र थप वर्षा हुने देखिएकोले सतह अझै बढ्ने खतरा आकलन गरिएको छ । बाढी पूर्वानुमान गर्ने कम्प्युटर मोडेलहरुले समेत उच्च जल प्रवाह हुने देखाएकोले नदीको तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै कपिलवस्तु, रुपन्देही, चितवन, वारा, पर्सा, मकवानपुर, सिन्धुली सिरहा, रौतहट र आसपास अधिकांश स्थानमा बिहीबारदेखि नै भारी वर्षा भएको तथा  कमला, वाग्मती तथा यसका शाखा नदीहरु र अन्य साना नदीमा जलसतह बढ्दो रहेको जनाइएको छ । ती मध्ये केहीमा खतरा तह पार हुने अवस्था रहेको महाशाखाको भनाइ रहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर