9 C
Kathmandu
 

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ ।

गत बिहीबार ५३ महिना पुरानो रेकर्ड तोडेर अगाडि बढेको नेप्सेले त्यसयता हरेक दिन नयाँ रेकर्ड कायम गर्दै आगाडि बढेको थियो । तर, साताको अन्तिम कारोबार दिन बिहीबार भने बजार परिसूचक नेप्से १५.५७ अंकले करेक्सन भएर २०५५.४५ अंकमा बन्द भएको छ ।आज नेप्सेमा हाइड्रोपावर र लघुवित्त बाहेकका सबै उपसूचकहरुमा करेक्सन आएको छ । जसले गर्दा समग्र बजार परिसूचक नै ओरालो लागेको हो । लघुवित्त उपसूचक ०.९५ र हाइड्रोपावर उपसूचक ०.६ प्रतिशतले बढेपनि बजारमा ठूलो हिस्सा रहेको बैंकिङ, बिमासँगै अन्य समूहको उपसूचकमा करेक्सन हुँदा नेप्सेमा दोहोरो अंकको करेक्सन भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.५८ प्रतिशतले करेक्सन हुँदा व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ६.९४ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा समूहको सूचक २.०१ प्रतिशत र उत्पादन र तथा निर्जीवन बिमा समूहको सूचक डेढ प्रतिशत माथिले करेक्सन भएको छ । अन्य समूहको सूचक पनि १.०६ प्रतिशतले करेक्सन भएको छ ।

बजार परिसूचकमा करेक्सन देखिए पनि कारोबार रकम भने उल्लेख्य देखिएको छ । अघिल्ला दिनहरुमा विभिन्न उपसमूहहरु परिवर्तन गरेर लगानी गरिहका लगानीकर्ताहरुले बिहीबार नाफा बुक गर्न खोज्दा बजारमा करेक्सन देखिएको हो ।
विभिन्न सारेककारवाला निकायबाट पनि लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरिहँदा लगानीर्तामा त्यसको प्रभावले पनि रोकिएको हुनसक्ने जानकारहरु बताउँछन् ।

आज नेप्सेमा ६४ हजार ४२६ वटा कारोबारबाट २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ६० लाख २४ हजारको कारोबार भएको छ ।

नेप्सेमा लगातार पोजेटिभ सर्किट लागेर केही कारोबार दिनमा नै उच्च अंकले सेयर मूल्य बढेको नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबारमा लगानीकर्ता उर्लिएका छन् । कम्पनीका लगानीकर्ताले नाफा बुक गर्दा नयाँ लगानीकर्ताको प्रवेश भएसँगैं पुनर्बिमाको मात्रै कारोबार रकम अर्ब नाघेको छ । कुल ८ अर्बको कारोबार भएको बजारमा पुनर्बिमाको मात्रै अर्ब माथिको कारोबार भएको हो ।

कम्पनीको सेयरमा लगानीकर्ता ओइरिँदा ७ हजार ६४७ वटा कारोबार बाट ६ लाख ३५ हजार ८४५ कित्ता सेयर किनबेचमा १ अर्ब ११ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल दुरसञ्चार कम्पनीको ४२ अर्ब र नेपाल लाइफको ३० अर्बको सेयर किनबेच भएको छ ।

नेप्से दोहोरो अंकले करेक्सन भएपनि अपर तामाकोसी हाइड्रोपावरको सेयर मुल्यमा सकारात्मक सर्किट लाग्दा नेपाल सेवा लघुवित्तको सेयर मुल्य ९ प्रतिशत माथिले बढेको छ । डेप्रोक्स लघुवित्त, छिमेक लघुवित्त र प्राइम कमर्सियल बैंकको सेयर मुल्य पनि धेरै बढ्नेमा अगाडि छ ।

गुमाउनेमा भने विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता अगाडि रहेका छन् । यी दुबै कम्पनीको सेयर मुल्य करिब ७ प्रतिशतले घटेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...