13 C
Kathmandu
 

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकका लागि दुईवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । यी नयाँ भ्वाइस प्याक बिहीबारदेखि ग्राहकका लागि उपलब्ध हुनेछ । प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समयसीमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

एक घण्टाको भ्वाइस प्याकअन्तर्गत प्रिपेड ग्राहकले करसहित १७ रुपैयाँमा एक घण्टा समय सीमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । जसमा ग्राहकले २८ पैसा प्रति मिनेटको दरमा भ्वाइस सेवा लिन सक्नेछन् । एनसेल नेटवर्क भित्रकल गर्न विद्यमान शुल्क प्रतिमिनेट करसहित रु २.५४ रहेको छ ।

ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समय सीमा सुरु हुनेछ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ह्यास डायल गरि एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी ग्राहकले तीनदिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहितमात्र रु ४८ मा सुचारु गर्न सक्नेछन् । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । यस प्याकअन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् ।

सुलभदरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिबद्घता अनुरुप ग्राहकका लागि यी भ्वाइस प्याकहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरले अझै सुलभ दरमा भ्वाइस सेवामा पहुँच दिदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाईहरुसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको जनाएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

प्रतिनिधि सभा विघटनविरूद्ध वडाबाटै प्रदर्शनमा जुट्न देउवाको निर्देशन

७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।...

नेप्से परिसूचक १५ अंकले बढ्याे

७ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको...

भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन

७ माघ, काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार...

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

७ माघ, काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। आज रिट निवेदकका तर्फबाट पहिलो बहस...

सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

७ माघ, काठमाडौं ।  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा...