24.1 C
Kathmandu
 

देशभर वर्षा, नदीमा बहाब बढ्यो–ठाउँ ठाउँमा पहिरो

काठमाडौं । बिहीबारदेखि मुलुकभर वर्षा भइरहेको छ । देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइरहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा भएको छ भने एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौम विभागले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका भराईका भूभागहरु विशेष गरी सर्लाही, धनुषा, महोत्तरी, सिन्धुली, रौतहट, बारा, पर्सा, तथा यस आसपासमा भारी वर्षा भइरहेको छ ।  वाग्मती, कमलालगायतका नदीमा पानीको बहाब बढेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।  गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार काभ्रेको रोशी गाउँपालिकास्थि बीपी राजमार्गमा पहिरो आइ सडक बन्द भएको छ । त्यसैगरी बुटवलबाट पाल्पा जाने सडकखण्डमा पनि बिहीबारदेखि झरेको पहिरोले अवरुद्ध बनेको छ ।लम्जुङबाट मनाङजाने र भोजपुरबाट धरान जाने सडक पनि पहिरोले बन्द भएको केन्द्रले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर