16 C
Kathmandu
 

मानवअधिकारलाई लिएर चीनविरुद्ध २२ राष्ट्रको गठबन्धन

जेनेभा । संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्का २२ वटा सदस्य राष्ट्रले  संयुक्त वक्तव्य जारी गरेर चीनले सिन्जियाङ्ग प्रान्तमा उहिगुर जातीय समुदायमाथि गरेको दुव्र्यवहारको आलोचना गरेका छन् ।

पश्चिमा  विज्ञहरुले चीनद्वारा लाखौं उहिगुर मुसलमान समुदायलाई हिरासतमा राखिएको बताउँदै आएका छन् । अप्रत्यासित रुपमा चीनका विरुद्धमा अहिले यसरी वक्तव्य आएको हो । सिन्जियाङ्ग क्षेत्रमा संयुक्त राष्ट्र संघ तथा अन्य स्वतन्त्र पर्यवेक्षकलाई जान दिन पनि वक्तव्यमा आग्रह गरिएको छ ।

हुमन राइट्स वाचका जेनेभास्थित निर्देशक जोहन फिसरले यो वक्तव्यले चीनलाई दबाबमा राख्न मद्यत गर्ने जनाएका छन् ।

यसरी वक्तव्य जारी गर्नेमा अस्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, क्यानडा, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, आयरल्याण्ड, जापान, लात्भिया, लिथुआनिया,लक्जेम्बर्ग, नेदरल्याण्डस्, न्यूजिल्याण्ड, नर्वे, स्पेन, स्वीडेन,स्वीजरल्याण्ड र बेलायत रहेका छन् । अमेरिका गत वर्ष नै परिषद्बाट बाहिरिएकोले उसको हस्ताक्षर छैन ।
(बीबीसी तथा एजेन्सीको सहयोगमा)

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर